विवाह गर्ने उमेर घटाउने/नघटाउने सवालमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गर्ने

२५ फागुन २०८१ काठमाडौं; विवाह गर्ने उमेर घटाउने/नघटाउने सवालमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गर्ने भएको छ। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्। अध्यक्ष मगरले समाजमा बालविवाहका कारण पनि दुर्घटना निम्तिरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको पनि बताएका छन्।उनका अनुसार आयोगले विवाह गर्ने उमेर घटाउने/नघटाउने विषयमा सातवटै प्रदेशमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ।उनले भने, समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ। उमेर घटाउन नहुने भन्ने कुरा आएको छ। सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ।’हाल नेपालको कानुनमा विवाह गर्न पाउने उमेर २० वर्ष तोकिएको छ। तर संसदीय उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ। यस विषयमा बहस अझै जारी छ। 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs