नेपाल प्रहरी अस्पतालका डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन

२५ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) तीन महिनादेखि सम्पर्कविहीन भएका छन्।पर्वतको फलेवास नगरपालिका १० स्थायी घर भई नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी डा. कृष्णमणि चापागाईं बिनाजानकारी अनुपस्थित भएका हुन्।गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित हाजिर हुन ७ दिनको म्याद दिएको छ।चापागाईं कात्तिक १४ गते १५ दिनको घरबिदा लिएर हिँडेका थिए। तर पुनः १४ दिन बिदा थप गराएका थिए। थपिएको बिदा २०८१ मंसिर २५ गते सकिए पनि चापागाईं अझै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ।उनको घरमा यसअघि नै खोजतलास गरिएको र प्रहरी नियमावलीअनुसार सूचना टाँस गरिसकिएको गृह मन्त्रालयले जनाएको छ।त्यति गर्दा पनि अनुपस्थित भएपछि अन्तिमपटक बाटाको म्यादबाहेक ७ दिनभित्र हाजिर नहनुको कारणसहित आउन र अन्यथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने पनि सूचनामा उल्लेख छ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs