बालेनको १ लाख जरिवाना स्वीकार्दै राप्रपा, शाही भन्छन् – “हामी नियम मान्छौं”

Advertisement 1

२६ फागुन २०८१ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले गराएको जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ । राप्रपाका नेता ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम हस्तान्तरण गरेका हुन् । यसअघि राप्रपाले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको गुनासो गरेको थियो । तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको एक नेताले बताए । सोही अनुसार सोमबार रकम भुक्तानी गरिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ।  रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ ।  राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ ।  रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’ यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा स्वागत गर्ने क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई जरिवाना गरेको थियो । पूर्वराजालाई स्वागत गर्न राप्रपासहितका राजावादी सो क्षेत्रमा भेला भएका थिए ।

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs