सर्लाहीबाट नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ

२८ फागुन २०८१ सर्लाही। सर्लाही प्रहरीले मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन्।प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो।एक हजार दरको नोटको ८८ बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ। ती बन्डलमा तलमाथि एक/एक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो।पाँचै जनाविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs