महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज:हरेन्द्रको नेतृत्वमा संयुक्त प्यानल

२८ फागुन २०८१ नेपालगन्ज; आसन्न चैत ५ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी यूनियन “स्ववियु” निर्वाचनमा त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा हरेन्द्र बहादुर बि.क. को नेतृत्वमा संयुक्त प्यानल निर्माण गरिएको छ । जसमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल क्रान्तिकारी बहुमत, जसपा निकट बिद्यार्थी रहेका छन ।यस्तै हरेन्द्र स्नात्तोत्तर एम.बि.एस चौथो सेमेस्टरमा अध्ययनरत नियमित बिद्यार्थी हुन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्ववियु सचिवमा अत्यधिक मत ल्याई बिजयी भएका थिए ।उन्ले आसन्न चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन “स्ववियु” को महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । क्याम्पसमा नियमित बिद्यार्थीहरुसँग बिभिन्न बिषयमा छलफल चलाईरहने बिद्यार्थीहरुका समस्यालाई समाधान गर्न लागि पर्ने र क्याम्पस प्रशासनसँग बिद्यार्थीका मुद्धा लिएर छलफल चलाएर बिद्यार्थीमा लोकप्रिय भएका हरेन्द्र बि.क. हुन । बिद्यार्थी माझ निकै लोकप्रिय छन, बिद्यार्थीहरुका मुद्धा सधैं अग्रसर हुन्छन, बिद्यार्थीको सेवा गर्नु मेरो धर्म भएको बताउने गर्छन, यसले गर्दा यसपालि पनि बिद्यार्थीहरुले गत निर्वाचन जस्तै अत्यधिक मत दिनेमा बिश्वस्त भएको बताउने गरेका छन ।महेन्द्र बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुले यसपालि पनि हरेन्द्र लाई भोट दिने बताउन्छन । बिद्यार्थीहरुले अरु उम्मेदवार भन्दा हरेक हिसावले अब्बल भएको बताउने गरेका छन । क्याम्पस हरेक गतिबिधि बुझेका, बिद्यार्थीका समस्या बुझेका हुनाले पनि उनलाई साथ दिन अन्य बिद्यार्थी संगठनले पनि हात बढाएका छन ।संयुक्त प्यानलको नेतृत्व गर्ने जिम्मा हरेन्द्रले पाएका हुन् । उनको नेतृत्वमा सचिव दिपेन्द्र के.सी. कोषाध्यक्ष बिष्णु कनौजिया, सदस्यमा स्वस्तिका न्यौपाने, प्रकाश बि.क., भाष्कर सिंह यादव, रमेश नेपाली, हिमा वली, राजेन्द्र खत्री, नवीन बि.क. जागृति थारु रहेका छन् ।

Advertisement 1

प्रत्यक्ष तर्फको उम्मेदवारहरूको नामावली;

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs