प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सुरक्षा सम्बादाता २८ फागुन २०८१ काठमाडौं; नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्।

Advertisement 1

श्रेष्ठले आफू नेपाल प्रहरीको रिटायर्ड डीएसपी भएको, इन्टरपोलसम्बन्धी काम गर्ने तथा विभिन्न देशका उच्चपदस्थ अधिकारीहरूसँग निकट सम्बन्ध रहेको बताई विभिन्न प्रलोभन देखाएर ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनले मनपरी देशमा पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट रकम असुलेको खुलेको छ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा श्रेष्ठको ठगी कार्यमा संलग्नता भेटिएपछि उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs