अवाञ्छित गतिविधि गर्ने दुई महिलासहित १२ जना पक्राउ

२९ फागुन २०८१ काठमाडौं । होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । दुईजना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिन सहभागी भएका आन्तरिक तथा वाह्य पर्यटक ।उनका अनुसार काठमाडौको पकनाजोलबाट २ जना महिलालाई पक्राउ गरेको छ । इच्छाविपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।यस्तै, न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलार्इी कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।

Advertisement 1

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs