कालीकोटमा एक किशोरको हत्या आरोपमा पाँचजना पक्राउ

२९ फागुन २०८१ कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।

Advertisement 1

दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका थिए । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।

सदरमुकाम मान्मबाट ३५ किमि टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement 2

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।”

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement 3

 

प्रकाशित : २ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs