
२९ फागुन २०८१ काठमाडौं । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ५५ जनालाई पक्राउ गरेको छ ।
Advertisement 1
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ५२ पुरुष र ३ महिलालाई पक्राउ गरिएको हो ।
चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Advertisement 2
जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर कारबाही हुने बताइएको छ ।
प्रकाशित : १ महिना अगाडि