
दिनेश राज न्यौपाने
०१ चैत २०८१कोहलपुर ; नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चरम लापरबाही भएको पाइएको छ। शुक्रबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा केमिकल युक्त फोहर जन्य पदार्थ आगो लगाइ नष्ट गर्न खोज्नु गैरकानुनी कार्य भएको नागरिक समाजका अगुवा ईश्वर शर्मा बताउनु हुन्छ। शर्माले भन्नू भयो घरबाट निस्किएको फोहर भन्दा अस्पतालबाट निस्केको फोहर २५ गुणा बढी मानिसका लागि हानिकारक हुन्छ । यस्तो बस्तु लाइ बिसर्जन गर्ने माध्यम हुँदाहुदै पनि आगो लगाएर नष्ट गर्न खोज्नु भनेको अस्पताल मानवीय स्वास्थ्य प्रती संबेदनशिल नभएको प्रष्ट बुझिन्छ । आम सर्वसाधारणलाई फोहोर मैला ब्यवस्थापन सम्बन्धि सचेतना फैलाउने महत्त्वपूर्ण स्वास्थ्य सँस्था बाट यस्तो खालको मानवीय स्वास्थ्य प्रती गैरजिम्मेवार कार्य हुनु कति सम्मको लापरबाही भन्ने प्रश्न आमनागरिकको छ। उसोत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाट निस्कने फोहोर होस वा ढलको विषयमा चर्चा नचलेको होइन तर पनि गैरजिम्मेवार हुनु लापरबाही गर्नु कत्तिको जायज हो ….? यधपी अस्पताल प्रशासन र ब्यवस्थापन पक्षको स्वास्थ्य नियमावली अनुसार अस्पताल बाट निस्कने केमिकलाइज् बस्तुको बिसर्जन र फोहोर ब्यवस्थापनमा सुधार होला या नहोला ….. स्थानीय सरकारको ध्यानाकर्षण होला या नहोला ….. आम नागरिकको प्रश्न रहन्छ ……।