जाँदाजाँदै आईजीका आदेशहरु: बडीगार्डहरुलाई इन्चार्जको जिम्मा

२०८१ चैत ०१ काठमाडौं । चैत ४ मा अवकाश हुने नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् ।

Advertisement 1

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् ।

शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने जाने भएका छन् । उनी यसघि भक्तपुर ट्राफिक प्रमुखको जिम्मेवारीमा थिए ।

Advertisement 2

त्यहाँबाट सरुवा भएर प्रदर्शनीमार्ग स्थित नेपाल प्रहरी श्रीमती संघमा खाटिएका थिए । उक्त संघकी अध्यक्ष तथा आईजीपत्नी लक्ष्मी कुवरको अंगरक्षकका रुपमा उनी कार्यरत थिए ।

दाङका ट्राफिक प्रमुख राजेश शाही १० महिनामै त्यहाँबाट हटाइएका छन् । चापागाउँका डीएसपी मल्लले एक वर्षको कार्यकाल पूरा गरेका थिए ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs