कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ :नेकपा महासचिव विप्लव

०२ चैत २०८१ काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन्।

Advertisement 1

शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेको जिकिर गरे। उनले माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमँ राखेर अघि बढ्ने छलफल अघि बढिरहेको बताए।   उनले भने, हामी नेपालको होल कम्युनिष्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त? भन्नेमा पनि सोचिरहेका छौँ।

माओवादीहरु एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिष्ट मुभमेण्टलाई नयाँ अवधारणामा रुपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ।’

Advertisement 2

महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्ने गरी अघि बढिरहेको बताए।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs