लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ पर्नु उचित होइन: माओवादी अध्यक्ष प्रचण्ड

०३ चैत २०८१ काठमाडौं; नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउनुलाई लोकतन्त्रमा विरोधका विभिन्न रूप भन्दै टिप्पणी गरेका छन्।

Advertisement 1

शनिबार हेटौँडामा उनको तस्बिर जलाएका राप्रपाका नेतालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’ प्रचण्डले भने।

Advertisement 2

प्रचण्डको तस्बिर जलाउने व्यक्ति राप्रपाका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो। उनले  शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा प्रचण्डको तस्बिर जलाइदिएका थिए। पक्राउ परेका बम राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता हुन्।

Advertisement 3

कार्यक्रममा ती युवकले प्रचण्ड र गणतन्त्रविरुद्ध नारा लगाउँदै तस्बिर जलाएका थिए।

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs