स्ववियु निर्वाचनमा तोडफोड गर्ने र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

०४ चैत २०८१ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु चुनावमा क्याम्पसमा तोडफोड गर्ने कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

Advertisement 1

साथै मन्त्रालयले निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ ।

Advertisement 2

मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ । साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’

तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई मन्त्रालयले भनेको छ । चुनाव भोलि चैत ५ मा हुँदै छ ।

Advertisement 3

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs