आठौं समन्वयात्मक बैठक, सीमामा हुने अवैध क्रियाकलाप रोक्न नेपाल-भारत सहमत

सुरक्षा संवाददाता ०३ मंसिर २०८१ काठमाडौ ; सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौमा बसेको आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ । समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि शुभआरम्भ भएको थियो । समन्वयात्मक बैठकले सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागूऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई सबल सक्षम र प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत एक आपसमा दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो। समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका हुन । प्रत्येक वर्ष आयोजना हुँदै आएको यस्तो बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका महा निर्देशक बीच सीमा सुरक्षाका विषयमा विविध छलफल चल्ने गरेको छ ।

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs