गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बाट गाजासहित भारतीय महिला पक्राउ

०५ चैत २०८१ रुपन्देही । रुपन्देही प्रहरीले अवैध गाजासहित भारतीय महिलालाई पक्राउ गरेको छ। थाई एयर एशियाको जहाजमा थाईल्याण्डको बैंककबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएकी भारतीय महिलालाई प्रहरीले साढे सात किलो अवैध गाजासहित पक्राउ गरेको हो।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार दिउसो सवा १२ बजे थाई एयर एशियाको जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी भारतको मुम्बई महाराष्ट्रकी ४५ वर्षीय गुलनाज बेग विमानस्थलको टर्मिनल गेटबाट गाजासहित पक्राउ परेकी हुन्।

Advertisement 2

विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा रहेको प्रहरी टोलीले बेगले ल्याएको सुटकेश खानतलासी गर्दा साढे सात किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

बेगले ल्याएको सुटकेशभित्र गाँजालाई प्लाष्टिकमा २६ वटा पोका बनाएर राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गाँजा र पक्राउ परेकी बेगलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।

Advertisement 3

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs