संविधानले दिएको जिम्मेवारी पूरा गर्न कटिवद्ध छौं; नेपाली सेना

०६ चैत २०८१ काठमाडौं । सामाजिक सञ्जालमार्फत सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

Advertisement 1

राजावादीहरुको आन्दोलन चर्कँदै जाँदा नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले मुख खोलेको हो ।

एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ ।

Advertisement 2

सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ ।

अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।

Advertisement 3

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs