स्ववियु निर्वाचनमा नेविसंघ पहिलो, अखिल दोस्रो

०७ चैत २०८१ काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ। कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ।

Advertisement 1

यो समाचार तयार पार्दासम्म कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको दाबी गरेको छ। एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको बताएको छ।

रोकिएका क्याम्पसमा छिटो निर्वाचन गर्न माग 

Advertisement 2

संगठनभित्रका आन्तरिक विवाद, दुई संगठनबीचको विवादका कारण केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन। उपत्यकाको त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, अस्कल क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस पद्यकन्या क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा नै निर्वाचन हुन स्थगित छ।

उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, सिद्धनाथ क्याम्पस कैलाली, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा रोकिएको छ। रोकिएका क्याम्पसमा छिटो निर्वाचन गर्न विद्यार्थी संगठनहरूको माग छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs