प्रचण्ड: प्रत्यक्ष कार्यकारी रास्ट्रपति,विज्ञहरूको मन्त्रीमण्डलले मात्र देशको बिकास

०७ चैत २०८१ बारा — नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।  पूर्व-पश्चिम हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’का क्रममा स्थल मार्ग हुँदै बुधबार बाराको सिमरा आइपुगेका उनले यस्तो बताएका हुन् ।

Advertisement 1

कार्यकारी राष्ट्रपति माओवादीको सुरुकै एजेन्डा भएकाले अब मुलुक त्यतै जानुपर्ने अध्यक्ष प्रचण्डले बताए ।सिमरामा गरिएको स्वागत सभालाई सम्बोधन गर्दै उन्ले भने, ‘जनताबाट चुनिएको राष्ट्रपति हुनुपर्छ । र, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मन्त्रिमण्डल गठन गर्दा सम्बन्धित विज्ञहरूलाई छनोट गरी गठन गर्ने छन् । तब मात्र देशको विकास हुन्छ ।’

गत फागुन १२ गतेदेखि झापाबाट सुरू भएको अभियान १३ औं दिनमा मधेश प्रदेशको रौतहट पुगेर फागुन २४ गते स्थगित भएको थियो । मधेश प्रदेशका ८ जिल्लामध्ये बारा र पर्सामा मात्र अभियान बाँकी थियो ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs