
दिपक शाही ०७ चैत २०७१ कोहलपुर: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहभागी जनाउनका लागि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले दल दर्ता गराएको छ।
Advertisement 1
आगामी चैत १८ गते हुने मध्यपश्चिम् विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ।
यसै क्रममा अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पस कमिटीका पदाधिकारीहरूले यस कार्यलाई क्याम्पसका विद्यार्थीहरूको अधिकार र हकहितको संरक्षणमा ऐतिहासिक कदमको रूपमा लिएको बताए।
विद्यार्थीहरूको आवाजलाई मजबुत बनाउन, शैक्षिक सुधार ल्याउन र सामाजिक मुद्दामा सक्रिय भूमिका खेल्न र क्याम्पसका विद्यार्थीहरूको भविष्य, शैक्षिक वातावरणलाई सशक्त बनाउन अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पसले आगामी स्ववियु निर्वाचनमा सक्रिय रूपमा सहभागिता जनाउने तयारी गरेको बताइएको छ।
Advertisement 2
आज मध्यपश्चिम् बिश्वबिद्धालयका सबै आङ्गिक क्याम्पसहरूमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। मंगलबार दिउँसो दुई बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।
०७ चैतमा नै मतदाता सूची प्रकाशित गर्ने र ०८ चैतमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका विश्वविद्यालयले सार्वजनिक गरेको छ।
Advertisement 3
०८ चैतमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ। १० चैतमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय ११ चैतका लागि तोकिएको मध्यपश्चिम् बिश्वबिद्धालयको सूचनामा उल्लेख छ।
चैत १२ गते दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्नका लागि मिति तोकिएको छ।
त्यसैगरि उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय १३ चैत तोकिएको छ।