कैलालीमा एसईई परीक्षाको प्रश्नपत्रसहित शिक्षक पक्राउ

०७ चैत २०८१ धनगढी: कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्।

Advertisement 1

प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।

Advertisement 2

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९:३५ बजे मोबाइलमा आएको खुलेको छ।

‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने।

Advertisement 3

यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आएको भए पनि घटनामा उनको संलग्नता नदेखिएको जनाएको छ।

परीक्षामा हुने यस्ता अनियमितता रोक्नका लागि प्रहरीले थप अनुसन्धान जारी रा

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs