जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मोटरसाईकल वर्कसपका संचालकहरु संग अन्तरक्रिया सम्पन्न

दिनेश राज न्यौपाने
०८ चैत २०८१ कोहलपुर ; जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मोटरसाईकल वर्कसपका संचालकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएकोमा बिहिवार कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका मोटरसाईकल वर्कसपका संचालकहरुलाई मोटरसाइकलको स्वरुप परिवर्तन गर्दा ध्वनीपदूषण उत्पन्न हुने भएकोले त्यस्ता सवारी साधनको स्वरुप परिवर्तन नगर्न सुझाब दिईएको कार्यालयले जनाएको छ। अन्तरक्रिया कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले वर्कसप संचालकहरुलाई मोटरसाइकल मर्मतका विषयमा समेत ध्यान दिन अनुरोध गर्नुभएको छ जथाभावी स्वरुप परिवर्तन गर्न आउने,कतै चोरिका मोटरसाइकल पनि आउन सक्ने भएकोले ध्यानदिनु पर्ने जस्ता कानुनी ब्यवस्था सम्बन्धि समेत आफुहरुलाई सचेतना दिनुभएको एक वर्कसप संचालकले बताएका छन। प्रमुख पन्तले आगामी दिनमा यस्ता किसिमका सवारी साधनहरु देखेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको हटलाईन नम्बर १०३,९८५८०९०६०१ मा जानकारी दिन हुन अनुरोध गर्नु भएको थियो । पश्चिम नेपालको औद्योगिक र ब्यापारीक केन्द्रमानिने बाँके जिल्ला ट्राफिक ब्यवस्थापनका लागि लुम्बिनी प्रदेशका अन्य जिल्ला भन्दा जटिल मानिन्छ ।कार्यालय प्रमुखको सक्रियता र सरोकारवाला निकायको सहकार्यमा ट्राफिक ब्यवस्थापनमा सकारात्मक परिवर्तन भइ दुर्घटना न्यूनीकरणमा केही सुधार आएको स्थानिय बताउछन् । बाँके जिल्लामा पहिलो पटक वर्कसप संचालकहरुलाई अन्तरक्रिया कार्यक्रम आयोजना गरि आफुहरुलाई सचेतना गराएकोमा संचालकहरुले कार्यालय प्रमुखलाई धन्यवाद दिदै आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित : १ महिना अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs