लागु औषध ब्राउन सुगर सहित दुई ब्यक्ती पक्राउ

०९ चैत २०८१ बाँके; बाँकेमा लागूऔषध ब्राउन सुगर सहित २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement 1

पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँडो बस्ने बर्ष ३६ को सन्तोष विष्ट र नेपालगंज ४ बस्ने बर्ष ३४ को सागर नाँउ रहेका छन् ।उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ६९० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरिक्षक याम बहादुर मल्लले जानकारी दिए।

उनका अनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ भूजाईगाऊ स्थित बाटोमा हिडिरहेको अवस्थामा संका लागि चेकजांच् गर्दा सन्तोष विष्टको साथबाट ६ ग्राम ४२० मिलिग्राम र सागर नाँउको साथबाट ६ ग्राम २७० मिलिग्राम लागुऔषध फेला पारी पक्राउ गरिएको हो।

Advertisement 2

साथै दुबै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs