नेकपा (बहुमत)का पाँचथर जिल्ला सेक्रेटरी गिरफ्तार: पार्टीले भन्यो- गैर-कानूनी र निन्दनीय कार्य

०९ चैत २०८१ पाँचथर: धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का १ नम्बर ब्यूरो सदस्य तथा पाँचथर जिल्ला सचिव डिल्लीबहादुर कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ।
उन्लाई हिजो राति ९ बजे तिर आफ्नै घरमा बसी रहेका बेला प्रहरीले गिरफ्तार गरेको हो।

Advertisement 1

प्रहरीले अपहरण सैलीमा गिरफ्तार गरेको भन्दै नेकपा(बहुमत)ले कडा आपत्ति जनाएको छ। पार्टीका अनुसार कटुवाललाई चैत्र ७ गते राति करिब ९ बजे आफ्नै घरमा परिवारसँग बसिरहेका बेला साधा पोशाकका प्रहरीहरू आएर गिरफ्तार गरेका थिए। पार्टीले एक विज्ञप्ति जारी गर्दै बिना कुनै कारण रातको समयमा साधा पोशाकका प्रहरी पठाएर गिरफ्तार गर्नु गैर-कानूनी र निन्दनीय कार्य भएको जनाएको छ।

Advertisement 2

“शान्तिपूर्ण रूपमा हिँडडुल गर्न पाउने, आफ्नो विचार अभिव्यक्त गर्न पाउने तथा संघ-संगठनमा आबद्ध हुने संवैधानिक हकको ठाडो उल्लंघन गरिएको छ। सरकारले लोकतान्त्रिक अधिकारमाथि दमन गर्दै जाने हो भने यसका गम्भीर परिणाम आउन सक्छन्,” विज्ञप्तिमा उल्लेख छ।
सो पार्टीले कटुवालको गिरफ्तारीलाई गैरन्यायिक भन्दै सरकारको आलोचना गरेको छ। “संविधानले नै नागरिकलाई स्वतन्त्र रूपमा संगठित हुने, विचार अभिव्यक्त गर्ने र निष्पक्ष रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार दिएको छ। तर, सरकारले मनोमानीपूर्ण रूपमा हाम्रो नेताहरूलाई गिरफ्तार गरेर दमनको नीति अवलम्बन गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

नेकपा बहुमतले पाँचथर प्रहरीले कटुवाललाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै अन्यथा थप संघर्ष चर्काउने चेतावनी दिएको छ। “यदि कटुवाललाई रिहा नगरिएमा सरकारकै दमनकारी नीति विरुद्ध जनस्तरबाट सशक्त आन्दोलनको घोषणा गरिनेछ। यसको सम्पूर्ण जिम्मेवारी वर्तमान संसदीय दलाल पुँजीवादी सरकारलाई नै जान्छ,” पार्टीले विज्ञप्ति मा स्पस्ट पारेको छ।

Advertisement 3

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs