जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

दिनेश राज न्यौपाने
१० चैत २०८१ कोहलपुर ; ट्राफिक दुर्घटना न्यूनीकरण का लागि विभिन्न सचेतनामुलक कार्य गर्दै आएकोमा जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर आवश्यक कार्बाही थालेको जनाएको छ।
आइतबार धेरै संख्यामा नियन्त्रणमा लिएका मोटरसाइकलहरुमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने साइलेंसर परिमार्जन गरी अनावश्यक रूपमा आवाज निकालेर डिस्ट्रब गरेको पाइएको कार्यालयले जनाएको छ।

Advertisement 1

नियन्त्रणमा लिएका सवारी साधन (मोटरसाइकलहरू) नियमानुसार कार्बाहिका लागि यातायात ब्यवस्था कार्यालयमा बुझाउने र यस्ता सवारी साधनमा अझै सक्रियता पुर्वक लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिनुभएको छ। उहाले भन्नू भयो पछिल्लो केहिदिन यता रातिको समयमा ठूलो आवाज निकाल्ने मोटरसाइकलले सर्वसाधारण नागरिकलाई ध्वनीपदूषणमा सास्ती दिएको गुनासो बढेपछि कारबाही सुरु गरिएको हो बताउनु भएको छ।

प्रकाशित : २ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs