२०८४ मा संसदीय चुनाव हुँदैन :धर्मेन्द्र बाँस्तोला

१० चैत २०८१ महेन्द्रनगर: नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला(कञ्चन)ले ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पुँजीवादी व्यवस्थाविरुद्ध जनसंघर्ष अभियानको उद्घाटन गर्दै महासचिव बाँस्तोलाले आगामी ०८४ मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका हुन्।

Advertisement 1

‘आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ,’ उनले भने, ‘संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ।’

महासचिव बाँस्तोलाले भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाविरुद्ध नेपाली जनतामाथि शोषण उत्पीडन भएको भन्दै अब यो व्यवस्थाबाट जनतालाई मुक्त गराउनुपर्ने बताए। संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री, मन्त्रीहरू भ्रष्ट भइरहेको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएका विषयबारे प्रस्ट पार्नुपर्ने माग गरे। ‘कार्यकारी प्रमुख सीधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधि सभा गठन गर्नुपर्छ। विज्ञबाट मन्त्री बनाउनुपर्छ, तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन्।’

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs