बाँकेमा प्रहरी चौकीमा स्थानीयले लगाए आगो

१० चैत २०८१ बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दाजुभाइको मृत्यु भएपछि स्थानीयले बेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन् ।

Advertisement 1

स्थानीय ७ वर्षीय शिव गोडिया र ९ वर्षीय उनका दाजु विशाल गोडिया स्कुलबाट घर फर्किंदा बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

ट्यांकरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएपश्चात स्थानीयले प्रहरी चौकीमा आगजनी गरेका हुन् । घटनास्थलबाट स्थानीयले शव उठाउन दिएका छैनन् ।

Advertisement 2

घटनालगत्तै आक्रोशित स्थानीयले पानी बोक्ने ट्यांकरमा आगो लगाएका थिए । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको हो।

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs