१० चैत २०८१ काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले जनमत पार्टीसँग एकता गर्न कार्यदल बनाएको छ।
Advertisement 1
रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्तिको दुई दिनसम्म चलेको बैठकले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
नाउपाले जनमतसँग एकताको लागि सांसद गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको छ।
Advertisement 2
नाउपाले पार्टी एकता गर्ने निर्णय लिएको बैठकपछि आयोजित शुभकामना कार्यक्रममा एकता गर्न लागेको सिके राउत नेतृत्वको जनमत पार्टीसहित डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति समाजजादी लाई शुभकामना दिन बोलाएको थियो।
Advertisement 3
कार्यक्रममा जनतका अध्यक्ष राउत र नयाँ शक्तिका उपाध्यक्ष मानुषी यमी भट्टराईले शुभकामना दिए।
जनमतले यसअघि नै कार्यदल बनाएर नागरिक उन्मुक्तिसँग एकता प्रक्रिया सुरु गरिसकेको छ।