
दिनेश राज न्यौपाने
१२ चैत २०८१ काठमाडौ ; बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ,लेखा अधिकृत सहित पत्रकार पनि अख्तियारको फन्दामा परेका छन।मधेस प्रदेशको धनुषा जिल्ला बटेश्वर गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौँ तहका अधिकृत सुमन कुमार पुरीले बटेश्वर गाउँपालिकाबाट आ.व. २०७६।०७७ मा विभिन्न वडाहरूमा स्वास्थ्य केन्द्र निर्माण र डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको लागि ठेक्का नं. NCB/03-BRM/2076/77 देखि NCB/11-BRM/2076/77 सम्मको बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा सूचना प्रकाशन नगरी बटेश्वर गाउँपालिकाको ठेक्काको कार्यालयमा अभिलेख राखे प्रयोजनार्थ जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७६।१०।२४ मा एक प्रतिमात्र बोलपत्र आह्वान र मिति २०७६।१२।०३ मा एक प्रतिमात्र बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरी गाउँपालिकामा पेश गरी/गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि., जनकपुर टुडेको विलबाट माग भएको रकम रू.६,४४,१००।- जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.लाई भुक्तानी दिएको पुष्टि भएको हुँदा निजहरु सावन कुमार चौधरी र सुमन कुमार पुरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.६,४४,१००।- (छ लाख चौवालीस हजार एक सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असूल उपर हुन मागदाबी लिइएको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको पत्रमा भनेको छ।
Advertisement 1
जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. तथा उक्त कम्पनीका अध्यक्ष वृज कुमार यादवले बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौ तहका अधिकृत सुमन कुमार पुरीसँगको मिलोमतोमा बोलपत्र आव्हानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाई गर्ने जिम्मा लिएको देखाई नियमानुसार जनकपुर टुडे राष्ट्रिय दैनिकमा सार्वजनिक प्रकाशन नगरी/नगराई लुकाई छिपाई बटेश्वर गाउँपालिकाको ठेक्काको अभिलेखमा राखे गरी जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको एक प्रति मात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना बटेश्वर गाउँपालिकामा पेश गरी/गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा रू.६,४४,१००। भुक्तानी लिएको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरजन्य कार्यको नगद तथा गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा मुख्यकसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौंका
प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभएको छ।