४ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित ५ जना पक्राउ

१३ चैत २०८१ कैलाली । कैलालीमा ४ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पाँचजना पक्राउ परेका छन् ।

Advertisement 1

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको संयोजनमा इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्लाका विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गोदावरी नगरपालिका-०८, स्याउले स्कुलटोल बस्ने २५ वर्षीय सुनिल बमको घरमा खानतलासी गर्दा निजको सुत्ने कोठाको सिरानी भित्र लुकाइ राखेको अवस्थामा २ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोइन) फेला परेको छ ।

Advertisement 2

त्यसैगरी, सोही स्थानमा बसोबास गर्ने २१ वर्षीय प्रकाश भुललाई खानतलासी गर्दा निजको साथबाट २०० मिलिग्राम लागु औषध फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

त्यस्तै टीकापुर नगरपालिका-०९ खक्रौला स्थित चेकपोस्टमा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से. ६ प ६५९१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा लागु औषध बरामद गरेको थियो ।

Advertisement 3

स्कुटर चालक टीकापुर नगरपालिका-०७ नारायणपुर बस्ने २४ वर्षीय अरूण श्रीवास्तव र पछाडि सवार २२ वर्षीय संजय बिष्टको शरीर तथा स्कुटर खानतलासी गर्दा श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाइ राखेको १ ग्राम ७९० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-०१ बसन्त टोल निवासी २६ वर्षीय बिरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५० मिलिग्राम खैरो हेरोइन फेला परेको छ ।

उनीहरूलाई सबैलाई हिरासतमा राखी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs