काठमाडौंमा हिंसा भड्काएको आरोप, दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारको आदेश

१५ चैत २०८१ काठमाडौं – सरकारले बुधबार राजधानीमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ।सरकारले प्रदर्शनको नाममा भइरहेको अराजक गतिविधि नियन्त्रण गर्न कडा कदम चालेको छ। कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट, आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयमा आगजनी, घर तथा पसलमा तोडफोड जस्ता घटनामा प्रसाईंको संलग्नता रहेको भन्दै सरकारले उनीविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो।

प्रहरी स्रोतका अनुसार प्रसाईंविरुद्ध विशेष टोली परिचालन गरिएको छ। उनी पक्राउ परे/नपरेको बारेमा थप जानकारी आउन बाँकी छ।

यसैबीच, हिंसात्मक गतिविधि नियन्त्रण गर्न प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा निकायले आमनागरिकलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गर्दै हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रकाशित : ३ महिना अगाडि

बैजनाथमा सडेको अवस्थामा भेटियो पुरुषको शव

मालपोत र नापी कार्यालय कोहलपुरमा समयमै सेवा नपाएको सेवाग्राहीहरु को गुनासो, कर्मचारीहरु द्वारा गम्भीर लापरबाही

JCI Kohalpur Junior र सुरक्षा राष्ट्रिय दैनिकबीच युवामैत्री कार्यक्रमको सहकार्य

सम्झना मा जन्मभुमि: प्रकाश् बुढाथोकी

खाली खुट्टा राजधानी पुग्दा बोले नवराज बोहोरा: “अब कर्णालीको आवाज चुप बस्दैन”

Designed by Gorkhaly Labs