
२२ चैत २०८१ काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारीको माग गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना जारी गर्दै विभिन्न पदका लागि ११८ जना कर्मचारी आवश्यक रहेको जनाएको छ।
Advertisement 1
बैंकका अनुसार आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, एमआईएस अधिकृत ३ जना, कानुन अधिकृत १ जना, कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना तथा चौथो तहको लेखापाल ५९ जना गरी कुल ११८ पदमा आवेदन खुला गरिएको छ।
इच्छुक नेपाली नागरिकहरूले आजैदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ।
प्रकाशित : ३ महिना अगाडि