कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

२०८१, चैत २६ कोहलपुर: कोहलपुरमा विगतमा पनि विभिन्न विवादमा मुछिँदै आएको जीवन ज्योति स्कुल फेरि एकपटक चर्को आलोचनाको घेरामा परेको छ। सुप्रीम Handwriting पुस्तकका सह–लेखक गगन बुढाले उक्त स्कुलमाथि पुस्तकको प्रतिलिपि (कपि) गरेको गम्भीर आरोप लगाएका छन्।बुढाका अनुसार, जीवन ज्योति स्कुलले आफ्नो नाम र विवरण मात्र राखी बाहिरी आवरण तयार पारेको छ, तर भित्रको सम्पूर्ण सामग्री सुप्रीम Handwriting पुस्तकबाट स्क्यान गरी जस्ताको त्यस्तै राखिएको पाइएको छ। “केवल बाहिरी कभर परिवर्तन गरेर किताब आफ्नै बनाएजस्तो देखाउने काम गरिएको छ, जुन पूर्णरूपमा शैक्षिक क्षेत्रमै चोरी हो,” उनले भने।

Advertisement 1

यसरी प्रतिलिपी गरि प्रकाशन गरिएको पाइएमा, प्रकाशन ऐन अनुसार कानुनी कारबाही हुने देखिन्छ।

गगन बुढाले भने, “पैसा र पावरको भरमा जे गरे पनि हुने सोच राख्नु लाजमर्दो विषय हो। यो प्रवृत्तिले शिक्षा क्षेत्रमै गलत सन्देश पुर्‍याउँछ।” उनका अनुसार सुप्रीम Handwriting पुस्तक विगतदेखि नै बाँके, बर्दिया, काठमाडौं लगायतका धेरैजसो स्कुलहरूमा विश्वासका साथ पढाइँदै आएको छ।शैक्षिक सम्पत्ति माथिको यस्तो प्रतिलिपि कार्यलाई लिएर विभिन्न शिक्षाविद्हरुले पनि चासो व्यक्त गरेका छन्। “बालबालिकालाई सिर्जनात्मक बनाउने पुस्तकलाई कपि गर्नु भनेको बालशिक्षामै गलत अभ्यासको बीउ छर्नु हो,” एक स्थानीय शिक्षकले बताए।हालसम्म जीवन ज्योति स्कुल प्रशासनले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर यस घटनाले फेरि एकपटक कोहलपुरकै शैक्षिक गरिमालाई नै प्रश्नमा पार्ने स्थिति सिर्जना गरेको छ।

प्रकाशित : १ हप्ता अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs