नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न

२०८२ बैशाख ०१ कोहलपुर, बाँके – नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार  एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी, तथा स्थानीय समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement 1

कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य पार्वती पुन ‘उषा’ उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि पुनले सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको संगठन बलियो बनाउने, जनताको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न सकिने खालका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा अतिथि रूपमा पार्टीका जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ ले शुभकामना मन्तव्य राख्दै पार्टी संगठन सुदृढीकरण र स्थानीय जनसमस्या समाधानमा जनप्रतिनिधिहरू र कार्यकर्ताबीच समन्वयको खाँचो रहेको बताउनुभयो। उहाँले कोहलपुर नगरलाई संगठनात्मक रूपमा अझ प्रभावशाली बनाउने लक्ष्य लिएको पनि स्पष्ट गर्नुभयो।

Advertisement 2

अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले सबै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रममा उपस्थित भएर साथ दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले पार्टीको नीति, कार्यक्रम र भविष्यका योजनाबारे जानकारी गराउँदै जनसम्पर्क विस्तारको अभियानलाई अझ तिव्र बनाउने घोषणा गर्नुभयो।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नयाँ सदस्यहरूको स्वागत, तथा नेता–कार्यकर्ताबीच मित्रतापूर्ण छलफल पनि भएको थियो। कार्यक्रमले पार्टीभित्रको एकता, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गराएको सहभागीहरूको भनाइ छ।

Advertisement 3

यस शुभकामना आदानप्रदान कार्यक्रमले स्थानीय स्तरमा पार्टीको गतिविधिलाई जनस्तरसम्म पुरयाउने महत्वपूर्ण अवसर प्रदान गरेको नेताहरूको विश्वास छ।

प्रकाशित : ६ दिन अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs