माओवादी नेता पूर्वमन्त्री पदम राई (विकास) को निधन

सुरक्षा सम्बादाता ०९ मङ्सिर २०८१ काठमाडौं । पूर्वमन्त्री पदम राई (विकास) को निधन भएको छ ।

Advertisement 1

लामो समयदेखि पार्किन्सनबाट थलिएका माओवादी केन्द्रका केन्द्रीय समेत रहेका पूर्वमन्त्री राईको शनिवार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

२०६४ सालमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्य मन्त्री हुन् । प्रचण्डले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement 2

 

Advertisement 3

को हुन् विकास ?

भोजपुर षडानन्द नगरपालिका बोयाका पदम २०४२/४३ देखि नै अखिल छैटौं (मोटो मसाल) बाट राजनीतिमा आएका थिए । भोजपुरमा माओवादी आन्दोलनको बिजारोपणमा भूमिका खेलेका उनीलगायतका टीमको प्रभावमा तत्कालीन बोया गाविस- ८ बेखुम्चामा संयुक्त जनमोर्चाले वडाध्यक्ष जितेको थियो । युद्ध सुरू हुनुअघि देखि नै उनी माओवादीमा संगठित थिए ।

विकासले युद्धकालमा सुनसरी जिल्ला सेक्रेटरी, भोजपुर(खोटाङ सेक्रेटरीको जिम्मेवारी सम्हाले । उनी भोजपुर, खोटाङलगायतका पूर्वी पहाडी जिल्लामा शालिन र लोकप्रिय नेताका रूपमा परिचित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर-१ बाट प्रत्यक्ष चुनाव जितेका राई भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । राई अन्तरिम विधायिका पनि बनेका थिए ।

राई एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागे । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ुविप्लवु साथ दिएका थिए ।

विप्लव समूहमा पोलिटव्युरो सदस्य रहँदा उनलाई सरकारसँग वार्ता जारी रहेको अन्तर्वार्ता दिएर पार्टी नीतिविपरीत बोलेको भन्दै निलम्बन गरियो । त्यसपछि उनी तत्कालीन नेकपा प्रवेश गरेका थिए ।


 

प्रकाशित : ५ महिना अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs