टोखाबाट बरामद विदेशी मुद्रासम्बन्धी घटनामा दुई जनाविरुद्ध मुद्दा

२०८२ बैशाख ०२काठमाडौं — काठमाडौंको टोखा क्षेत्रबाट बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलर सम्बन्धी घटनामा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

Advertisement 1

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार ट्रक चालक कुसाङ लामा उर्फ ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मुद्दा दायर गरिएको हो।

विभागले उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार रुपैयाँ बिगो माग गर्दै सो रकम जफत गर्न आग्रह गरेको छ।

Advertisement 2

गत चैत ४ गते राति करिब १० बजे, टोखा स्थित झोर महांकालबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर राखिएको ठूलो परिमाणको विदेशी मुद्रा प्रहरीले बरामद गरेको थियो। ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का बासिन्दा हुन्।

अनुसन्धानका क्रममा उक्त रकम नारायण पौडेलको भएको खुलेको छ। उनी हाल फरार छन् र टोखा नगरपालिका–१०, महादेवटार हाइटमा बसोबास गर्दै आएका थिए।

Advertisement 3

तिब्बती नागरिकसँग विवाह गरेका पौडेल विगतमा खासा व्यापारमा संलग्न थिए। २०७२ सालपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवाको केरुङ नाका प्रयोग गर्दै सुन तस्करी सुरु गरेको अनुसन्धानमा देखिएको छ। जफत रकम पनि सुन खरिदका लागि केरुङतर्फ लैजाने योजनाअनुसार ट्रकमार्फत पठाइएको थियो।

प्रकाशित : ५ दिन अगाडि

बर्दियामा सडक दुर्घटनामा असई टोप बहादुर बस्नेतको निधन

कोहलपुरको जीवन ज्योति स्कुलमाथि ‘सुप्रीम Handwriting’ बुक कपिको आरोप

जनगुनासो आएको २४ घण्टा नबित्दै बाँके ट्राफिकले गर्‍यो मोडिफाइ गरि ध्वनिपदूषण गर्ने मोटरसाइकल नियन्त्रण

डिएसपी भण्डारीको एक्सन भारतीय ग्याङस्टार विश्नोईको नाममा ८ करोड फिरौती माग्ने युवक पक्राउ

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी लाइसेन्समा करोडौंको सेटिङ, चार जना पक्राउ

Designed by Gorkhaly Labs