प्रेस काउन्सिल अध्यक्ष विरुद्धनै भ्रष्टाचार मुद्दा दायर

२०८२ काठमाडौं, वैशाख ०९ – मधेश प्रेस काउन्सिलको अध्यक्षमा दुई दिनअघि मात्र नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालतमा उपाध्यायसहित तीन जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।

Advertisement 1

मुद्दा दायर भएसँगै उपाध्याय स्वतः अध्यक्ष पदबाट निलम्बनमा परेका छन्। उनले सोमबार मात्र मुख्यमन्त्री सतिशकुमार सिंह र कानुनमन्त्री राजकुमार लेखीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

अख्तियारले दिएको जानकारीअनुसार उपाध्यायले बाराको पचरौता नगरपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै कुनै विज्ञापन नछापी रकम भुक्तानी गराएको पाइएको छ। उनी केएस मल्टिपर्पस प्रालिका अध्यक्षसमेत हुन्। सोही अनियमितताका कारण उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा चलाइएको हो।

Advertisement 2

मुद्दामा पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारी पनि प्रतिवादी बनाइएका छन्। आयोगले तीनै जनाविरुद्ध तीन लाख ५२ हजार ५६० रुपैयाँ बराबरको बिगो कायम गरी कैद, जरिवाना र रकम असुलको मागसहित मुद्दा दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पचरौताले राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने प्रावधान विपरीत केवल “प्रभाव दैनिक” मा सूचना छपाई गरिएको थियो। उक्त सूचना नगरपालिकामा झूटा विवरणसहित पेश गरी केएस मल्टिपर्पसलाई सोही आधारमा भुक्तानी गरिएको पुष्टि भएको छ।

प्रकाशित : २ हप्ता अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs