शिक्षा क्षेत्रको संकटप्रति अखिल (क्रान्तिकारी) को गम्भीर चिन्ता, जनपक्षीय शिक्षा ऐनको माग

२०८२ काठमाडौं, वैशाख ९ — पछिल्लो समय शिक्षा क्षेत्रमा देखिएको अन्योल र सरकारी हस्तक्षेपप्रति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ। सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने गरी सरकार अघि बढिरहेको आरोप लगाउँदै संगठनले जनपक्षीय शिक्षा ऐनको मागमा थप संघर्ष गर्ने चेतावनी दिएको छ।

Advertisement 1

अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले शिक्षामा निजीकरण र व्यापारीकरणलाई समर्थन गर्ने अभिव्यक्ति दिनु संविधान विपरीत हो। शिक्षालाई आम जनताको पहुँच बाहिर लैजाने प्रयास भइरहेको छ, जुन निन्दनीय छ। माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुनु राज्यको दायित्व हो।”

कक्षा १२ को परीक्षा अन्योलमा, विद्यार्थी मानसिक तनावमा

Advertisement 2

शिक्षा ऐन जारीको मागसहित भइरहेको शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको विषयमा संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ। “५ लाखभन्दा बढी विद्यार्थीहरू अन्योलमा छन्। सरकार गम्भीर बन्न नसक्नु दुःखद हो,” वक्तव्यमा भनिएको छ। सरकारलाई वस्तुगत मूल्यांकन गर्दै तत्काल विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न आग्रह गरिएको छ।

निजी शिक्षण संस्थाको भर्ना अभियानप्रति आपत्ति

Advertisement 3

एकातिर सार्वजनिक विद्यालयका शिक्षक आन्दोलनमा रहँदा निजी शिक्षण संस्थाहरू भर्ना खुला गरी चर्को शुल्क असुल्दै हिँड्नु लज्जास्पद भएको भन्दै संगठनले ती संस्थाहरूलाई तत्काल पठनपाठन र भर्ना प्रक्रिया स्थगन गर्न आग्रह गरेको छ।

जनपक्षीय शिक्षा ऐनको लागि ऐक्यबद्धतामा जोड

अन्त्यमा अखिल (क्रान्तिकारी) ले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सचेत नागरिकहरूलाई जनपक्षीय शिक्षा ऐन ल्याउने संघर्षमा ऐक्यबद्ध हुन आह्वान गरेको छ।

प्रकाशित : २ हप्ता अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs