
२०८२ सिन्धुली, वैशाख ९ — कक्षा १२ को परीक्षा शिक्षकमैत्री वातावरण विना संचालन गर्ने सरकारी तयारीप्रति सिन्धुलीस्थित कपिलाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत घिसिङले कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत खुलेरै सरकारलाई चुनौती दिँदै बलजफ्ती परीक्षा गराउने प्रयास अस्वीकार्य हुने बताएका छन्।
Advertisement 1
प्रधानाध्यापक घिसिङले आफ्नो फेसबुक स्टाटसमार्फत भनेका छन्, “सेना, प्रहरी र निजामती कर्मचारीलाई परिचालन गरेर जबर्जस्ती परीक्षा संचालन गर्ने हो भने — मलाई, कपिलाकोट माविका प्रधानाध्यापक (केन्द्राध्यक्ष) अमृत घिसिङलाई तुरुन्तै पेशाबाट निलम्बन वा बर्खास्त गरी कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारलाई चुनौती दिन्छु।”
शिक्षकको स्थानमा सेना र निजामती?
Advertisement 2
उनले सरकारको सम्भावित कदमप्रति व्यंग्य गर्दै भनेका छन्, “निजामतीबाटै प्रधानाध्यापक नियुक्त गरेर विद्यालयको प्रशासनिक कार्य अगाडि बढाउन, शिक्षकको रूपमा कक्षामा सेना र प्रहरी खटाएर कक्षा संचालन गर्न समेत तयार रहन अनुरोध गर्दछु।”
शिक्षक आन्दोलन जारी रहेको समयमा सरकारले बल प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने संकेत दिँदै आएको छ। यस्तै सन्दर्भमा घिसिङको अभिव्यक्तिले शिक्षण पेशामै काम गरिरहेका अन्य कर्मचारीहरूको पनि आवाज प्रतिबिम्बित गराएको देखिन्छ।
Advertisement 3
सरकारप्रति बढ्दो असन्तोष
प्रधानाध्यापक घिसिङको यस्तो अभिव्यक्तिलाई शिक्षा क्षेत्रमा बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ। शिक्षक तथा विद्यार्थी दुवैको आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको छ।
अहिले शिक्षकहरू नयाँ शिक्षा ऐनको माग गर्दै चरणबद्ध आन्दोलनमा छन् भने विद्यार्थीहरू अन्योलमा छन्।