
२०८२ कोहलपुर, वैशाख ०९ — सम्बन्ध बिच्छेद भइसकेपछि पनि सिन्दुर लगाएको देखेर समाजका केही नजरहरूबाट प्रश्न उठेपछि, ती प्रश्नहरूलाई गम्भीरतासाथ सम्हाल्दै एक शिक्षिका ‘बिराङगना’ ले सामाजिक सञ्जालमा लेखिएको आफ्ना गहिरा अनुभव र भावनात्मक विचार हाल भाइरल बनेका छन्।
दुई सन्तानकी आमा, पेशाले शिक्षिका, र जीवनसँग एक्लै संघर्ष गर्दै आइरहेकी महिलाको जीवन अनुभव र समाजप्रतिको गुनासोलाई उनले यति प्रभावशाली ढंगले लेखेकी छन् कि त्यो केवल व्यक्तिगत भावना मात्र होइन, यो यथार्थ बोल्ने दस्तावेज बनेको छ।
उनको शब्दमा…
Advertisement 1
“ल बधाई छ है नयाँ जीवनको सुरुवात गरेको ”
आज मेरो inbox यसरी भरिएको छ यहि शब्दले ,म खुशी भए यो पहिलो बिहानी पक्कै होईन मेरो नयाँ जिवनको सुरुवात भएको म जन्मे देखिका सबै बिहानी मेरो नया सुरुवात हुन तर त्यो शब्द मेरा बिहानीलाई उजागर गर्न पक्कै आएको होईन । मेरो कपाल भित्रको रातो रङ्लाइ लक्षित गरेर आएको हो ।मेरो सिन्दुरलाई प्रश्न गर्न आएको हो ।खुशी लाग्यो एक हिसाबले मेरा शुभचिन्तकलाई देखेर बैराग लाग्यो एकाबिहानै उहाँहरु चिन्तनलाई देखेर ।म बिवाहित महिला हु ।दुई सन्तानको आमा पनि हु,पेशाले एउटा शिक्षक पनि हु समाजका लागी एउटा जिम्मेवार महिला नागरिक ब्यक्ति पनि हु ।र अर्को परिचय एक्लै संघर्षशिल नारि पनि हु। रह्यो कुरा सिंदुर र सम्बन्धबिच्छेदको ÷
सिंदुर सुहागन हो सौभाग्य हो ।एउटा बिवाहित महिलाको चिनारी हो ।सम्बन्ध बिच्छेद त्यही सिंदुर सङ जोडिएको नातालाइ कानुनी रूपमा सकिए अथवा श्रीमान र श्रीमती सङ्गै बस्न नसक्ने वातावरणलाई कानुनद्वार छुट्टीएको प्रमाण हो । यो सम्बन्धमा सिन्दुर पखालिएको हुदैन ,पुछिएको पनि हुदै मेरो मत्लब स्वाइच्छाले लगाइदैन तर उनी बिधुवा पक्कै होइनन् उनीहरुको आफ्नो इच्छाले लगाउछु भने लगाउन पाए आफ्नो सौर्न्दर्य भित्रको सामाग्रीमा त्यस्लाइ लिन सके ।र अर्को कुरा हिन्दु धर्ममा सोह्र श्रीङ्गारमा सजिएर पुजागर्न आरधान गर्न भनिन्छ । कति चेली जो भगवान भक्तमा हुनुहुन्छ उहाँहरुले भगवती देविको नाम मा पुरै रातो सिंदुर लगाउनुहुन्छ अब त्यस्लाइ के भन्ने फेरि बधाई दिने मेराभद्र मित्रहरु ।
तपाईंको पुन बिवाहा भएको हो सिन्दुर देख्छु त रे? लगाएकै देखाउन आफ्नो श्रीगार पूरा गर्न हो त देख्न पर्यो नि नदेखे त आँखा कम्जोर भैगो तर के सोच्न भएन divorce womanलाई बिधुवाको नजरले हेर्न भएन यो नितान्त फरक कुराहो।बिधुवा दैवीप्रकोप ले निम्त्याउछ त्यहा त्यो एकदमै फरक हो त्यो पीडा कुनै पनि महिलाले भोग्न नपरोस् म कामना गर्छु ।
तर सम्बन्ध बिच्छेद श्रीमानश्रीमती को सम्बन्ध सकिएको हो जुन आपसी समझदारिमा पनि हुन सक्छ अथवा कानुनी रूपमा पनि हुनसक्छ।यो अलग हो र अर्को कुरा सबै नाता सम्बन्धबिच्छेदमै टुङ्गिने हुदैन जस्तो मेरा सन्तान सङ्गको नाता आमाछोरा आमाछोरी ।म आमा बनिरहदा वा म आमाको रूपमा उभिदै गर्दा बुवा को नाम त मेटिदैन मेरो ममताको छहारी भित्र लुट्पुटाएको सन्तानमा बग्ने रगत बुबाको होला हो त्यही रगतको सम्मान र सन्तानको सधैं प्रगतिमा खटिरहने म आमाको रूपमा मेरो शिरमा रगत जस्तै रातो रङ देख्नु भयो ।यो रङ्ग यत्तिकै आएको पनि होईन अग्निलाइ सात फेरा लगाएर मन्त्र सुनेर बाचाकसम खाएर लगाएको हो । हो समय बित्दै जादा वाचा कम्जोर भए ,सम्बन्ध दीर्घकालीन बनाउन सकिएन मन फेरि दुबै जनाका बाटो अलग भए र पनि म एउटा् आमा हो जो सङ सन्तानको माया ,स्नेह लालनपालन गर्नको लागि बाचा कसम कानुन कुनै कुरा सङ नजोडिएर निरन्तर सन्तानको प्रगति सफलता र उनीहरुको सु स्वास्थको लागि दिनहुँ पुजागर्छु भगवान मान्छु र त्यहीँ हिन्दु धर्मसङ सम्बन्धित भएर आफ्ना कार्य गर्दै आएकी छु ।यो नयाँ र नौलो कुरा होईन अहिले कानुनले श्रीमानश्रीमतीको सम्बन्ध राम्रो नभए वा अलग अलग बस्न चाहेमा सम्बन्ध बिच्छेद गर्नौ पर्ने बाध्यता बनाएको भएर यति धेरै divorce हुदै आएका छन देखिन्छ सुनिन्छ।हामी हुर्किदै गरेको हिजोको समाज हेर्नुत एकचोटि बाजेका 2/4 वटा बिहे गरेका र सङ्गै श्रीमती मिलेर बसेका बुवाका त्यस्तै नातापाता आफन्त सबैको भएकै थियो के त्यति बेला अगाडिको श्रीमतीले सिंदुर पुछेकी थिइन त ??? फरक त्यत्ति हो त्यति बेला सौतेनी श्रीमान हुँदा पनि विभिन्न बाध्यताले बस्थे अहिले बस्दैनन किनभने महिलापनि मान्छे हुन उनीहरु पनि आत्मासम्मानका साथ बाच्न चाहान्छन।
आशय पक्कै बुझ्नुभयो होला
धन्यवाद
Advertisement 2
सम्पादकीय टिप्पणी
बिराङगनाको यो लेख केवल व्यक्तिगत अभिव्यक्तिमा सीमित छैन — यसले हाम्रो समाजमा विद्यमान पुराना सोच, सम्बन्धबिच्छेदप्रति देखिने दृष्टिकोण, र एक महिलाको आत्मसम्मानको सवाल उठाएको छ।एक आमाको रूपमा, एक शिक्षकको रूपमा र एक नागरिकको रूपमा उनले बोलेको यो आवाज हजारौं महिलाहरूको पीडा र संघर्षको प्रतिनिधित्व हो। समाज यति कठोर नहोस् — र विवाहको अन्त्यले महिलाको अस्तित्व समाप्त हुँदैन भन्ने बुझाइ फैलिन जरुरी छ।