फ्लोरोसेन्ट स्कुलमा अखिल (क्रान्तिकारी)को कालो ब्यानर, निजी विद्यालयको बेथिति विरुद्ध खबरदारी

२०८२ काठमाडौं, वैशाख १० –नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिले टोखा नगरपालिका–८ स्थित फ्लोरोसेन्ट सेकेन्डरी स्कुलमा कालो ब्यानर टाँसेको छ। निजी विद्यालयमा बढ्दो शैक्षिक बेथिति विरुद्ध खबरदारी गर्दै समितिले यस्तो कार्य गरेको हो।

Advertisement 1

शैक्षिक सुधारका मागसहित अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८१ साल चैत २६ गते शिक्षा मन्त्रालयमा ३९ बुँदे मागपत्र बुझाएको थियो। त्यसै दिन बागमती प्रदेश समितिले सामाजिक विकास मन्त्रालय, हेटौंडामा १३ बुँदे मागपत्र पेश गरेको थियो। यसै क्रममा चैत २७ गते काठमाडौँ जिल्ला समितिले टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमलाई पनि मागपत्र बुझाउँदै विभिन्न शैक्षिक बेथितिहरू सुधार गर्न आग्रह गरेको थियो।

उपत्यकाका अन्य जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका समितिहरूले समेत सम्बन्धित पालिकाहरूसँग मागपत्र बुझाउँदै तत्काल सुधार नभए आन्दोलन चर्काउने चेतावनी दिएका थिए।

Advertisement 2

शिक्षामा सुधारको माग राख्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८२ वैशाख ५ गते पत्रकार सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा निःशुल्क र समान शिक्षा ऐन जारी गर्नुपर्ने र मन्त्रालयमा राखिएका मागहरू तत्काल कार्यान्वयन गर्नुपर्ने स्पष्ट गरिएको थियो।

बागमती प्रदेश समितिले माग कार्यान्वयनको अनुगमन गर्न वैशाख ७ गते प्रदेश संयोजक मिम ऐडीको संयोजकत्वमा २१ सदस्यीय अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले वैशाख ८ गतेदेखि निजी विद्यालयहरूको अनुगमन थालेको हो। बेथितिको निरन्तर अनुगमनका क्रममा टोखा नगरपालिका–८ मा रहेको फ्लोरोसेन्ट सेकेन्डरी स्कुलमा अनियमितता देखिएको भन्दै समितिले कालो ब्यानर टाँसेर प्रतिवाद जनाएको हो।

Advertisement 3

समितिका अनुसार विद्यालयले भर्ना समयभन्दा अगाडि नै विद्यार्थी भर्ना लिएको, १० प्रतिशत छात्रवृत्तिको व्यवस्था पारदर्शी नभएको, प्रत्येक वर्ष अनावश्यक शुल्क लिने, विद्यालयभित्रै शैक्षिक सामग्री बिक्री गर्ने, पाठ्यपुस्तक र ड्रेस वर्षेनि परिवर्तन गरी अभिभावकमाथि आर्थिक बोझ थोपर्ने, र नगरपालिका कर्मचारीहरूसँग मिलेमतोमा छात्रवृत्तिमा भर्ना प्रक्रिया सञ्चालन गरिएको जस्ता गम्भीर अनियमितता देखिएका छन्।

यी सबै बेथिति तत्काल सच्याउन समितिले विद्यालय र सम्बन्धित निकायलाई चेतावनी दिएको छ।

प्रकाशित : २ हप्ता अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs