जनपक्षीय शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी) बाँकेद्वारा कालो ब्यानर प्रदर्शन

१२ बैशाख २०८२ नेपालगन्ज, बाँके — जनपक्षीय शिक्षा ऐन अविलम्ब जारी गर्न सरकारलाई दबाब दिन विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँके जिल्ला समितिले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कालो ब्यानर झुन्ड्याउँदै विरोध प्रदर्शन गरेको छ।

Advertisement 1

शुक्रवार क्याम्पस परिसरमा कालो ब्यानर टाँस्दै संगठनले लामो समयदेखि शिक्षा क्षेत्रलाई व्यापारीकरणतर्फ धकेलिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूले जनतामैत्री, निःशुल्क, गुणस्तरीय र समान शिक्षा प्रणाली सुनिश्चित गर्नका लागि सरकारलाई तत्काल शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

अखिल (क्रान्तिकारी) बाँकेका अनुसार वर्तमान शिक्षा प्रणालीले सर्वसाधारण विद्यार्थीहरूलाई शिक्षा पहुँच बाहिर पुर्‍याएको छ। संगठनले शिक्षालाई राजनीतिक स्वार्थभन्दा माथि राखी विद्यार्थीकै हितमा कानुन निर्माण गर्न आग्रह गरेको छ। अखिल (क्रान्तिकारी) बाँकेद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा कालो ब्यानर प्रदर्शन, जनपक्षीय शिक्षा ऐनको माग।

प्रकाशित : २ हप्ता अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs