प्रहरी एसपीको फोन धम्कीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

२०८२ जनकपुरधाम, वैशाख १३ – खबरहब डटकमका जनकपुर संवाददाता सुमित मिश्रलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले समाचारको विषयमा फोनमार्फत धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ।

Advertisement 1

२०७९ वैशाख १२ गते खबरहब डटकममा प्रकाशित “भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह–महामन्त्री यादव पुत्र” शीर्षकको समाचारलाई लिएर साँझ एसपी तिवारीले पत्रकार मिश्रलाई फोन गरी “साइबर अपराधको उजुरी परेको छ, तत्काल जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनुस्, माफी माग्नुस्, समाचार हटाउनुस्, नभए मुद्दा दर्ता गरेर पक्राउ गर्छौं” भन्ने धम्की दिएको पीडित पत्रकार मिश्रले जानकारी दिएका छन्।

पत्रकार मिश्रले उक्त समाचार आफूले नलेखेको र खबरहबको केन्द्रीय समाचार कक्षबाट सम्प्रेषित भएको स्पष्ट पारिसकेका छन्।

Advertisement 2

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले प्रेस स्वतन्त्रतामाथि भएको यस प्रकारको हस्तक्षेपप्रति कडा आपत्ति जनाएको छ। महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “शान्ति सुरक्षा कायम गर्ने जिम्मेवार प्रहरी अधिकारीले पत्रकारलाई अपराधीझैं व्यवहार गर्दै धम्की दिनु गम्भीर विषय हो। यसले प्रेस स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको संकेत गर्छ।”

महासंघले एसपी तिवारीलाई आत्मसमीक्षा गर्न र आगामी दिनमा यस्ता गैर–जिम्मेवार व्यवहार नगर्न आग्रह समेत गरेको छ।

Advertisement 3

प्रेससम्बन्धी कुनै पनि गुनासो भएमा कानुनी प्रक्रिया र प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सकिने व्यवस्था रहेकाले प्रहरी अधिकारीबाट यस्तो दबाबको कार्य प्रेस स्वतन्त्रतामाथि खतराको संकेत मानिएको छ।

प्रकाशित : २ हप्ता अगाडि

कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

डिएसपी खनालको कडा एक्सन दुर्घटना गरि भागेको सवारीसाधन एक घण्टा नबित्दै नियन्त्रणमा

राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाह द्वारा भुमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले आयोजना गरेको कार्यक्रम बहिस्कार

निजामती र सेना प्रहरी खटाएर कक्षा संचालन गर्न एक शिक्षकको सरकारलाई कडा चुनौती

सम्बन्धबिच्छेदपछि सिन्दुर लगाउने महिलामाथि प्रश्न उठ्दा — ‘बिराङगना’ को गहिरो जवाफ

Designed by Gorkhaly Labs