
२०८२ फत्तेपुर, बैशाख १३– तराई मधेसमा बढ्दो बेथिति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बैशाख १४ गते फत्तेपुरमा एक बृहत जनसभा कार्यक्रम आयोजना हुने भएको छ।
Advertisement 1
जनजागरण अभियान अन्तर्गतको यस विशेष कार्यक्रमलाई सफल पार्न आयोजकहरू सक्रिय रहेका छन्। कार्यक्रमलाई थप प्रभावशाली बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका नायक, पूर्व प्रधानमन्त्री आदरणीय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सम्बोधन रहनेछ।
जनताको अधिकार, समानता र सुशासनका लागि लडिरहेका शक्तिहरूले बेथिति र भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको यस सभामा सम्पूर्ण युवा तथा विद्यार्थी साथीहरूको उत्साहपूर्ण सहभागिता अपेक्षा गरिएको छ।
Advertisement 2
कार्यक्रममा हजारौंको संख्यामा सहभागी हुने अनुमान गरिएको छ भने सामाजिक न्याय, परिवर्तन र राजनीतिक सचेतनाका विषयमा व्यापक छलफल हुने बताइएको छ।