कोहलपुर ईलाका प्रशासन प्रमुख थारूको ‘महाराजा शैली’: सेवाग्राही र पत्रकार दुवैलाई अपमान

सुरक्षा सम्बादाता; २०८२ बैशाख १७ कोहलपुर, बाँके –
ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोज कुमार थारूमाथि सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने, कानुनी प्रक्रिया अनुसार सेवा नदिने, र पत्रकारसँग समेत असभ्य व्यवहार गर्ने गम्भीर आरोप लागेको छ।

Advertisement 1

सेवाग्राहीहरूका अनुसार प्रमुख मनोज कुमार थारू आफैंलाई “महाराजा” झैं ठान्छन्। कार्यालयमा आउने नागरिकहरूसँग राम्रो व्यवहार नगर्ने, गाली गर्ने, थर्काउने र अपमानजनक ढंगले बोल्ने गरेको उनीहरूको गुनासो छ। यही कारण धेरै सेवाग्राही निजसँग सेवा लिन डराउने गरेका छन्।

कोहलपुर नगरपालिका वडा नं. ३ निवासी बज्जिर शाही र उनकी पत्नीले पछिल्ला ९ महिनादेखि नागरिकता सच्याउन कार्यालय धाइरहेका छन्। श्रीमतीको नागरिकतामा श्रीमानको नाम ‘बिष्णु शाही’ उल्लेख भएको छ भने वास्तविक नाम बज्जिर शाही हो। वडाबाट आवश्यक सिफारिस पेस गर्दा पनि प्रमुख मनोज थारूले बारम्बार सेवा दिन अस्वीकार गर्दै आएका छन्।

Advertisement 2

“वडाध्यक्षको सिफारिस मान्दिन, जस्तो पनि सिफारिस गर्छ भन्दै सधैं झर्कन्छन्,” शाहीले भने। वडाले बिष्णु शाही र बज्जिर शाही एउटै व्यक्ति भएको प्रमाण दिँदा समेत उनले नागरिकता सच्चाउने काम गर्न मानेका छैनन्।

शाही दम्पतीका अनुसार प्रमुख थारूले झन् “पहिला डिभोर्स गर, फेरि बिहे दर्ता गर अनि नयाँ नागरिकता बनाउ” भन्ने असंवेदनशील टिप्पणी समेत गरेका छन्।

Advertisement 3

यसैबीच, उक्त घटनाको जानकारी लिन कार्यालय पुगेका एक पत्रकारमाथि समेत कार्यालय प्रमुख मनोज थारूले झर्किएको, थर्काएको, र सत्य बुझ्न नदिएको घटनाले थप चासो र आलोचना बढाएको छ।
“पत्रकारलाई समेत गम्भीरतापूर्वक सुन्ने र उत्तर दिने संस्कार नभएको देखियो,” एक प्रत्यक्षदर्शीले बताए।

शाहीकी श्रीमतीले यसै असार महिनादेखि वृद्धभत्ता पाउने उमेर पुगेकी हुन्। नागरिकता नसच्चिए वृद्धभत्ताबाट वञ्चित हुनुपर्ने चिन्ताले उनी दिनरात तनावमा छिन्।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि “यो इलाका कार्यालयको काम हो” भन्दै उनीहरूलाई फिर्ता पठाएको छ।

स्थानीयबासी, पीडित नागरिक तथा सञ्चारकर्मीहरूले प्रमुखको यो व्यवहारप्रति तत्काल ध्यान दिनु पर्ने, सेवाग्राहीको गुनासोमा न्याय दिलाउनु पर्ने माग गरेका छन्।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs