
२०८२ बैशाख २० कोहलपुर, बाँके | कोहलपुरमा सम्पन्न भूूमिहीन दलित र सुकुम्बासीहरूलाइ जग्गा स्वामित्व प्रमाणपत्र वितरण कार्यक्रमलाई लिएर राप्रपा नेता अर्जुनजंग शाहले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
Advertisement 1
नेता शाहले कार्यक्रममार्फत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनहरूले जग्गाको स्वामित्व पाउनु एक सुखद क्षण भएको भन्दै खुसी व्यक्त गरेका छन्। तर, उनले कार्यक्रममा राप्रपाको नाम उल्लेख नगरी निषेध गरिएकोप्रति गहिरो असन्तुष्टि जनाएका छन्।
“खुसी यस मानेमा छु कि तमाम भूूमिहीन दलित र भूूमिहीन सुकुम्बासीहरूले वर्षौंदेखि जोतभोग गरिरहेको जमिनको मालिक बन्न पाएका छन्,” उनले लेखेका छन्।
Advertisement 2
तर अर्को पंक्तिमा भने उनले स्थानीय तहमा राप्रपाको उपस्थिति र अधिकारलाई बेवास्ता गरिएको भन्दै दुःख व्यक्त गरेका छन्।
“नगरस्तरीय सर्वदलीय भूमि आयोगमा समेत निषेध गर्ने नालायकहरू कोहलपुर नगरपालिकामा अब तिम्रो अवधि पुग्नपुग दुई वर्ष मात्रै हो, त्यसपछि तिमी पनि भुइँमै हो, चेतना भया!” भन्ने उनको चेतावनीपूर्ण भनाइ छ।
राप्रपा नेता शाहले यस्तो पूर्वाग्रही व्यवहारको विरोधमा उक्त कार्यक्रममा बहिष्कार गरेको घोषणा गरेका छन्।
Advertisement 3
उनले अन्त्यमा भनेका छन्, “यो कार्यक्रम बहिष्कार गर्दछु!”