
सुरक्षा संवाददाता २६बैशाख २०८२ कोहलपुर ; बाँकेको कोहलपुरमा गएराती दुर्घटना भएपश्चात प्रहरिको सम्पर्कमा नरही फरार रहेको सवारीसाधन साधन प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालगन्ज उपमहानगरपालिकामा रहेको होटल सिद्धार्थ भ्यू नेपालगन्जमा भएको कन्सर्ट हेरेर राती कोहलपुरमा साथीलाई छाडेर नेपालगन्ज फर्किने क्रममा चालक सिद्धान्त सिंहले चलाएको बा.प्र.०१-०३०च ६१४० नं को कारले भे १२ प ९०७ नं को स्कुटरलाई पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कुटर चालक सबिन शाही र स्कुटरमा सवार जया गिरी घाईते भएका दुबै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरिका अनुसार रातको समयमा अत्याधिक मादक पदार्थ सेवन गरि सवारी चलाएको र दुर्घटना भएपछी नेपालगन्ज तर्फ गई पून कोहलपुरतर्फ भागेकोमा प्रहरीको अथक प्रयासबाट उक्त कार कोहलपुर ११ एनटिभी रोडको भित्रपट्टीबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय साथै विभिन्न स्वयंसेवकको संयुक्त प्रयासमा सचेतनाका कार्यक्रम संचालन गर्दै आएको भएपनि ब्याक्तिको सामान्य हेलचक्र्याहिले ठूलो दुर्घटना निम्त्याउने गरेको एक अध्यनले देखाउ छ। पछिल्लो समय सवारीसाधन दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन पश्चात् गरिने ड्राईभिङबाट हाल दिनानुदिन घटना हुने र धनजनको समेत क्षेती हुने गरेको देखिन्छ।