भारतीय वामपन्थी दलद्वारा ‘द वायर’ माथि लगाइएको प्रतिबन्धको विरोध

२०८२ बैशाख २६ काठमाडौं । भारतका दुई प्रमुख वामपन्थी दल—भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)—ले पाकिस्तानसँग जारी युद्धको सन्दर्भमा केही भारतीय टेलिभिजन च्यानलहरुले फेक भिडियोमार्फत आतंक र साम्प्रदायिक विद्वेष फैलाएको आरोप लगाउँदै केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्।

Advertisement 1

भाकपाका महासचिव डी. राजाले केन्द्रीय सञ्चार मन्त्री अश्विनी वैष्णवलाई पत्र लेख्दै यस्तो कार्य गर्ने टिभी च्यानलहरुलाई कारबाही गर्न सरकार असफल भएको भन्दै गुनासो गरेका छन्। उनले सत्य तथ्य प्रकाशित गर्ने स्वतन्त्र मिडिया ‘द वायर’ माथि प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाएका छन्।

त्यस्तै, मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) का महासचिव एम.ए. बेबीले पनि प्रमाणित नभएका र फेक भिडिओमार्फत पाकिस्तानलाई उक्साउने प्रयास गर्ने च्यानलहरूप्रति सरकारले आँखा चिम्लेको आरोप लगाएका छन्। उनले स्वतन्त्र मिडियालाई नियन्त्रणमा लिन खोजिएको भन्दै आलोचना गरेका हुन्।

Advertisement 2

भारत सरकारले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘द वायर’ जस्ता स्वतन्त्र सञ्चारमाध्यम भारतमै हेर्न नपाइने गरी निर्देशन दिएको छ। सो कदमको विरोधमा वामपन्थी दलहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

हाल केन्द्रीय संसदमा १५ सिट रहेको र केरलामा प्रादेशिक सरकारसमेत सञ्चालन गरिरहेको कम्युनिस्ट पार्टीको प्रभाव ‘द हिन्दू’ र ‘द वायर’ जस्ता मिडियामा देखिन्छ।

Advertisement 3

बरिष्ठ वकिल प्रशान्त भूषण र केही स्वतन्त्र पत्रकारहरूले पनि सरकारको यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन्।

वामपन्थी दलहरूका अनुसार ‘अपरेसन सिन्दूर’ को पक्षमा सिंगो देश एकजुट भइरहेका बेला टेलिभिजन च्यानलहरूले साम्प्रदायिक घृणा, उत्तेजना र फेक सूचना फैलाउने गतिविधि गरिरहेका छन्। उनीहरूले सरकारलाई नियमित प्रेस मिटमार्फत सत्य सूचना दिन आग्रह गरेका छन्।

 

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs