
दिपक शाही २०८२ बैशाख २८ काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
Advertisement 1
हालै सामाजिक सञ्जालमा “नेपाल र कोरिया सरकारबीच मौसमी श्रमिक पठाउने सम्झौता भएको” र “भगिनी सम्बन्ध कायम गरेका स्थानीय तहहरूले मन्त्रालयमा सम्पर्क गर्नू” भन्ने आशयको कागजात सार्वजनिक भएपछि मन्त्रालयले उक्त विवरण अस्वीकार गरेको हो।
मन्त्रालयले माघ २०८१ मै यस्ता भ्रामक सूचनाबारे खण्डन गरिसकेको स्मरण गराउँदै फेरि पनि दोहोरिएकोले यसबारे प्रस्ट पारेको हो।
Advertisement 2
“यस विषयमा मन्त्रालयबाट कुनै निर्णय नभएको, कुनै सूचना सार्वजनिक नगरिएको, र आधारहीन तथा तथ्यहीन कागजातहरूमा मन्त्रालयको लेटरहेड र छापको दुरुपयोग गरिएको पाइएको छ,” मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।
मन्त्रालयले यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिसकेको जानकारी समेत दिएको छ। साथै, आम नागरिकलाई यस्ता भ्रामक प्रचारप्रति सजग रहन आग्रह गरिएको छ।