
२०८२ कोहलपुर, बैशाख २८ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन वाईसिएल नेपाल कोहलपुर नगर समितिको तेस्रो नगर सम्मेलन उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सम्मेलनले विजय परियारको नेतृत्वमा ५१ सदस्यीय नगर समिति चयन गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको छ।
Advertisement 1
नगर अध्यक्षमा विजय परियार सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा सुनिल गुरुङ, आदर्श रिजाल र सपना रसाइली चयन भएका छन् भने सचिवको जिम्मेवारी मन बी. परियारले पाएका छन्। नयाँ समितिमा युवाको जोश, नेतृत्वको अनुभव र संगठनात्मक समर्पण झल्कने बताइएको छ।
सम्मेलनको प्रमुख अतिथि पार्टी स्थायी समिति सदस्य पूर्णा कुमारी सुवेदी थिइन्। विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य पार्वती पुन (उषा) र कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अविरल) को सहभागिता उल्लेखनीय रह्यो। उनीहरूले सम्मेलनलाई सम्बोधन गर्दै नयाँ नेतृत्वलाई सशक्त संगठन निर्माणतर्फ अग्रसर गराउने अपेक्षा व्यक्त गरे।
Advertisement 2
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष लाल बहादुर खड्काले गरेका थिए भने सञ्चालन तिर्थ शाहीले गरेका थिए। सम्मेलनले आगामी दिनमा युवा नेतृत्वको भूमिकालाई अझ प्रभावकारी बनाउने र संगठनलाई स्थानीय तहमा थप सुदृढ बनाउने अठोट लिएको छ।
नयाँ समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न वक्ताहरूले हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।